Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जब सनीले दिइनन् बोल्ड सिन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २ शुक्रबार
newsabhiyan
newsabhiyan

एजेन्सी । एकता कपुर सुपरहिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।

आखिर सिक्वेलमा सनी किन अटाइनन् ?
यसको कारण खोज्दै जाँदा ‘रागिनी एमएमएस २’को सुटिङको अवस्थामै पुग्नुपर्छ । त्यतिखेर एकता सनीसँग खुसी नभएको खबर आएको थियो ।

उनलाई सनीले दिक्क बनाएको खबर चर्चामा थियो । त्यतिखेरको काम सोचेजस्तो नभएर नै एकताले सिक्वेलमा सनीलाई नरोजेको खबर छ ।

त्यतिखेर एकताले सनीमार्फत फिल्ममा हरर सिन राख्ने सोचेकी थिइन् । उनले सनीको ‘पोर्न इमेज’को फाइदा उठाउने कोसिस पनि गरिन् । तर, सनीले ‘बोल्ड सिन’ दिन इन्कार गरिदिइन् । यो कुराले एकतालाई दुःखी तुल्यायो ।

सनीको यही व्यवहारका कारण उनी कहिल्यै सँगै काम नगर्ने निर्णयमा पुगिन् । यसकारण रागिनी एमएमएस २ को सिक्वेलमा उनले सनीलाई लिइनन् । नयाँ पत्रिकाको साथमा

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan