Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोहन वैद्यको आक्रोस : संविधान खारेज गर्न माग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ जेठ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले संविधान खारेज गर्न मागेका छन् ।

सरकारले दुई नम्बर प्रदेशमा स्थानीय चुनाव ३ महिना पछि सारेर तथा दोस्रो चरणमो चुवानमा उम्मेदवार मनोनयन २ दिन पर सारेकोमा बैद्य माओवादी आक्रोस पोख्दै संविधान खारेज गर्न माग गरे ।

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले अस्थिर चिन्तन र कार्यशैली देखाएर वर्तमान सरकारले नौटंकी मञ्चन गरेको आरोप लगाएका छन् ।

सरकारको निर्णयप्रति असन्तुष्ट राजपाभित्रै एकमत नदेखिएकाले सरकारको निर्णय अदूरदर्शी भनिएको छ । बिज्ञप्तिमा मधेसी लगायत सबै वर्गको हितका लागि वर्तमान संविधान खारेज गरी जनगणतान्त्रिक संविधानको निर्माणका लागि सबैमा अपील गरिएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan