Wednesday 28th of June | २०७४ असार १४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देशभरका अस्थायी शिक्षक आमरण असनमा, सरकारलाई दिए यस्तो चेतावनी ! (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

कूल तामाङ, काठमाण्डौ । बिभिन्न चार सुत्रिय माग राख्दै संयुक्त अस्थायी शिक्षक संघर्ष समितिले काठमाण्डौँमा आमरण अनसन थालेका छन् ।

अस्थायी शिक्षक केन्द्रिय आन्दोलन परिचालन समिति काठमाण्डौँको आह्वानमा काठमाण्डौको भद्रकालीमा जारी अनसन आईतबार आज २ दिन भईसक्दा पनि सम्बन्धित निकायले भने चासो देखाएको छैन ।

बिभेदकारी शिक्षकको बिज्ञापन खारेज हुनुपर्ने, हालसम्मका अस्थायी शिक्षकहरुलाई सामान्य प्रक्रिया मार्फत स्थायी गर्नुपर्ने, बिगतका बिज्ञापनबाट बिस्थापित शिक्षकहरुलाई साबिक पदमा स्थापित गर्नुपर्ने, सेवा अबधी गणना गरेर उचित स्थान दिनुपर्ने लगायतका मुख्य चार सुत्रिय माग राख्दै पर्साका किसुन प्रसाद यादब, गोरखाका जित बहादुर गुरुङ, बझाङका कलावती जोशी, पर्साका सुलेखा देवि कायस्थ तथा बाजुराका शिक्षक कलु केसि आमरण असनमा बसेका हुन् ।

अस्थायी शिक्षक संघर्ष समितिका केन्द्रिय महासचिब कोमद कुमार कर्णले अस्थायी शिक्षकलाई एकआपसमा लडाएर बिभेदकारी कुरा ल्याएको भन्दै सरकारको चर्को आलोचना गरे ।

न्यूज अभियानसंग कुरा गर्दै कर्णले सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पुरा गरेर स्थायी गर्नुपर्ने तथा बार्तामा बोलाएर सरकारले आफुहरुको माग सम्बोधन नगरेमा आफुहरुको आन्दोलन कसैले थेग्न नसक्ने चेतावनी दिदैँ यसबाट निस्कने परिणाम सरकारले लिनुपर्ने बताए ।

असनमा बसेका अनसनकारी शिक्षक बझाङका कलावती जोशीले आफुहरु अनसनमा बसेको २ दिन भईसक्दा पनि सरकारले कुनै चासो नदेखाएको बताउँदै दुख ब्यक्त गरिन् ।  

शिक्षक पेशामा लागेको दशकौ भईसक्दा पनि पहिले स्थायी हुने र अहिले पछिल्लो समय अस्थायी भनेर घोषित गर्नु आफुहरुको अपमान भएको र रोजीरोटी समेत खोसिएको उनीहरुको दुखेसो छ ।

२०५० साल देखि नियुक्ति पत्र दिएर शिक्षक पेशामा आबद्ध हुनु भनेर राज्यले त्यतिबेला सक्षम ब्यक्ती ठान्ने तर एकाएक सरकारको निर्णयले आफुहरुको पेशामा निर्मम् प्रहार भएको भन्दै यथासक्य आफुहरुको माग सम्बोधन नभए ज्यान दिने अनसनकारीहरुले चेतावनी दिएका छन ।

हाल देशभर करिब २४ हजार अस्थायी शिक्षकहरु कार्यरत रहेका छन् ।

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan