Wednesday 28th of June | २०७४ असार १४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आयो प्रहरी भन्ने सुन्ना साथ महन्थ कुलेलम !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ४ असार । चुनाव हुन्न, चुनाव हुनदिन्नौं भनेर राजपाका नेता महन्थ ठाकुर माइकमा मधेसीलाई उकास्दै थिए, विरोधसभा भइरहेको थियो, एक्कासी प्रहरीले धावा बोल्यो । रबरका गोली, टियर ग्यास चल्यो । माइक छाडेर राजपाका नेता महन्थ ठाकुर कुलेलम ठोके ।

भिडन्त भएपछि घाइते हुनु स्वभाविक हो । पचासौं घाइते भए, पचास जति पक्राउ परे । त्यसपछि प्रहरी सुरक्षामा उमेदवारी दिनेहरुले धमाधम निवेदन थाले । जसरी मोरङमा राजपा शून्य देखियो, परासी पनि शान्त भयो ।

राजपाले एमालेका टिसर्ट र कांग्रेसका केही प्रचार सामग्री जलाउन भ्याउ । बस, लातोंका भूत बातो से नही मानता भन्ने उखान चरितार्थ भयो । राजपाको बिरोधका बीच व्यापक उमेदवारी सम्भव भयो । अब भने असार १४ गते निर्वाचन हुनछ भन्ने निश्चित भएको छ ।

राजपालाई जति सम्झाए पनि राजपाले मानेन । पहिले सिंगो मधेस एक प्रदेश भन्थे, त्यसपछि २ नम्बर क्षेत्रलाई महत्व दिइरहेका थिए । हुन्छ त भनेर सरकारले २ नम्बर प्रदेशको चुनाव तेश्रो चरणका लागि सारिदियो । औंलो दिदा डुडुल्नो निल्ने ? नवलपरासी, कपिलवस्तु र रुपन्देहीको निर्वाचन पनि सार्नुपर्छ भनेर लागेका थिए, राजपाले चुनाव रोक्न नसक्ने भयो ।

महन्थ ठाकुर, राजेन्द्र महतोहरुले ठानेका थिए, उनीहरुले भनेपछि भारतबाट पनि मान्छे आउनेछन्, मधेसी उर्लिने छन् र आन्दोलन सफल हुनेछ । आखिरमा राजपाको हात लाग्यो शून्य हुनेभयो । त्यसै पनि चाउरिएका यी स्वनामधन्य मधेसका नेता, यिनीहरु खुइलिने भए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan