Sunday 22nd of October | २०७४ कार्तिक ५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बर्दियामा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता कार्य सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

दीपक शर्मा, बर्दिया, ४ असार ।  जिल्ला अदालत कार्यालय परिसर भित्र रहेको निर्वाचन अधिकृत कार्यालयमा गुलरिया नगरपालिकाको बिभिन्न पदमा शान्तिपुर्ण रुपमा उम्मेदवारी दर्ता कार्य जारि रहेको छ ।

गुलरिया नगरपालिकाको मेयर पदका लागि गुलरिया ५ का अयोध्या प्रसाद श्रीवास्तवले पहिलो नम्बरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । ६३ बर्षका श्रीवास्तवको प्रस्तावकमा सोनु सिंह र सर्मथकमा मुकुन्द घिमिरे रहेका छन् ।

गुलरिया १२ का निजामुद्धीन शेषले नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दर्ता गराएका छन् ।  ५०बर्षीय शेषले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन । प्रस्तावकमा सहबुद्धी शेष र सर्मथकमा काशीराम चौधरी रहेका छन् ।

गुलरिया ५का ५४ बर्षीय रुद्र पुरीले तेस्रो नम्बरमा राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवार गराएका छन् ।

गुलरिया ३ का ३९ बर्षीय नेपाली कांग्रेसका क्षेत्रिय सभापति समेत रहेका मुतिmनाथ यादवले चौथौ नम्बरमा कंग्रेसबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन। उनको प्रस्तावकमा कंग्रेसका जिल्ला सभापति एंव सांसद सञ्जयकुमार गौतम र समर्थकमा महासमिति सदस्य बिजयदतm देवकोटा रहनु भएको छ ।

गुलरिया ४ का  ५३ बर्षीय बालकृष्ण खनालले राष्टिय जनमुक्ती पार्टीबाट पांचौ नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदमै एमालेका जिल्ला अध्यक्ष एंव पुर्व उपमेर हरि ज्ञवालीले छैठौ नम्बरमा उम्मेदवारी दर्ता गराएका छन्। गुलरिया ५का ५६ बर्षीय  ज्ञवालीले कृष्ण खनाललाई प्रस्तावक र अमरबहादुर खडकालाई सर्मथक राखि उम्मेदवारी दर्ता गराएका हुन ।

संघीय समाजवादी फोरम र नंया शतिmबाट गुलरिया ७ का २७ बर्षीय युवक अनुप यादवले सातौ नम्बरमा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनी सबभन्दा कम उमेरको मेयर पदको उम्मेदवार भएका छन् । उनको प्रस्तावकमा बिमलप्रकाश यादव र सर्मथकमा नारायण गुरुंग रहेका छन् ।

यसैगरी नेकपा माओवादि केन्द्रका गेहेन्द्र प्रसाद ढकालले मेयर पदमा र मिथिला फुयालले उपमेयरमा उमेदवारी दर्ता गराउनु भएको छ ।

राष्टिय प्रजातन्त्र पार्टीका तर्फबाट गुलरिया १०का ४५बर्षीय मनोजकुमार बर्माले भीम बहादुर बोहरा प्रस्तावक र मेघनाथ अधिकारी सर्मथक राखेर आठौ नम्बरमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपमेयरमा वडा नं ७ का ४४ बर्षीय मेराज अहमद सिद्धकीले पहिलो नम्बरमा  र वडा नं २का ३६ बर्षीय हरिनारायण बस्नेतले दोस्रो नम्बरमा स्वतन्त्र रुपले र गुलरिया ८ की ३७ बर्षीया शंखीकुमारी चौधरीले नेपाल लोकतान्त्रिक फोरमबाट तेस्रो नम्बरमा, गुलरिया ५की ४२ बर्षीय लक्ष्मी पुरीले चौथो नम्बरमा राष्टिय जनमोर्चाबाट, गुलरिया ४ की ४५ बर्षीय सुशीला गिरीले नेपाली कंग्रेसबाट पाचौं नम्बरमा, गुलरिया ४की ५३ बर्षीय बधुरी लोधले  छैठौ नम्बरमा, गुलरिया २ की ४९ बर्षीय टिका शमशेलीले  एमालेबाट छैठौ नम्बरमा र गुलरिया ६की ५१ बर्षीय प्रभा के सीले सातौ नम्बरमा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । वडा अध्यक्ष र वडा सदस्यहरुले उम्मेदवारी दर्ता क्रम जारि रहेको छ ।
जिल्लाभरीमा उम्मेदवारी दर्ता शान्तसंग भईरहेको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan