Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्ड ज्यू, किन न्याय नदिएको ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असार । जनयुद्धकालमा बहुविवाह गर्नेलाई भाटे कारबाही गर्न आदेश दिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै बुहारी सिर्जना त्रिपाटी र नातिलाई न्याय दिन सकेका छैनन् । दाहालले सिर्जनाबाट जन्मिएको आफ्नै नातिको जन्मदर्ता समेत गरेका छैनन् ।

जसका कारण त्यो अबोध बालकले स्कुलसमेत भर्ना हुन नपाएको कुरा सार्वजनिक भएको छ । द्वन्द्वकालमा बहुविवाह गरेको वा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेका कारण माओवादी कयौं छापामारले यातना मात्रै पाएनन्, ज्यान समेत गुमाएका थिए । तर उनका छोरा प्रकाशले तीन वटी श्रीमती विवाह गरेका छन् ।

सामान्य जनताका छोरा भए बहुविवाहको आरोपमा जेलमा जानुपथ्र्यो तर प्रकाश दाहाल प्रधानमन्त्री दाहालका स्वकीय सचिव छन् । र, प्रकाश दाहालकै हैकम सिंहदरबारदेखि बालुवाटारसम्म चलेकाले धेरै सल्लाहकार र निजी सचिवालयका कर्मचारीहरु कार्यालयमा जानै छाडेका छन् । उनी छायाँ प्रधानमन्त्री जस्तै छन् ।

उनी र उनकी कान्छी श्रीमती बिना मगरले सरुवा बढुवादेखि ठेक्कापट्टामा समेत दबाब दिने गरेका छन् । प्रचण्डका छोरा प्रकाश दाहाल (साकार)  की माइली श्रीमतीका रुपमा विवाह गरेर भित्र्याइएकी बुहारी सिर्जना पोखरास्थित माइतीको शरणमा बस्दै आएकी छिन् ।

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विवाह गरेर भित्र्याएकी बुहारीलाई त न्याय दिन सकेनन् भने तमाम महिलाहरुलाई उनले के न्याय देलान् ? महिला अधिकारवादीहरुले माओवादी अध्यक्ष दाहालकी बुहारीले न्याय पाउनुपर्ने सवाललाई गम्भीरतापूर्वक उठाउन सकेका छैनन् । उनलाई दाहाल परिवारले धम्की दिएर मिडियामा बोल्न समेत प्रतिबन्ध लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी थिइन् । तर बिहे गरेको ६ वर्षमै सिर्जना प्रचण्ड निवासबाटै निकालाको सिकार मात्रै भइनन् उल्टै यातना समेत भोग्न बाध्य भइन् । प्रचण्डले घरबाट निकालेपछि सिर्जना पोखरास्थित माइतीघरको शरणमा छिन् ।

उनी आफ्नो श्रीमान र ससुराप्रति आक्रोशसँगै पीडा पोखिरहेकी छिन् । सिर्जनाले सासु सीताको अपमान र यातनाका कारण माइत आएर बस्नु परेको गुनासो पोख्दा पनि महिला अधिकारवादीहरुले यसमा केही बोलेनन् । प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई अहिलेसम्म विवाह दर्ता समेत नभएकोमा दुखेसो पोख्दै आएकी छिन् ।

प्रकाशले माओवादीकै कार्यकर्ता शंकर अधिकारीकी श्रीमती बिना मगरलाई भगाएर ल्याएपछि पार्टीमा ठूलै विवाद भयो । जनयुद्धमा बहुविवाह गर्दा कारबाही गर्ने पार्टीकै अध्यक्षको छोराले अर्काकी श्रीमती भगाएको विषयलाई छल्न प्रचण्डले प्रकाश र विनालाई ६ महिना निलम्बत गरेका थिए, खबर प्रकाश साप्ताहिकमा छ ।

तर अहिले प्रकाश र विनालाई प्रधानमन्त्री कार्यालयका छायाँ प्रधानमन्त्री भन्ने गरिन्छ । एक अबोध नारीलाई विवाह गरेर बुहारी स्वीकार गर्न नसक्ने र नातिलाई जन्मदर्ता समेत नदिने प्रचण्डले अरुलाई अधिकारको पाठ सिकाउने गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan