Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनोनयनपत्र दर्ता शान्तिपूर्णः निर्वाचन आयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan

काठमाडौँ, ४ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

मनोनयनपत्र दर्तामा देखिएको व्यापक सहभागिताबाट दोस्रो चरणको निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवार निर्वाचनप्रति उत्साहित भएको पुनः पुष्टि भएको छ । दोस्रो चरणको निर्वाचनमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिमा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो ।

दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । रासस
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan