Wednesday 28th of June | २०७४ असार १४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्साहजनक रुपमा मनोनयन दर्ता,देउवाको गृह जिल्लामा बागी उम्मेदवारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan

डडेल्धुरा, ४ असार । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा आज उत्साहजनक रुपमा विभिन्न राजनीतिक दलले मनोनय दर्ता गराएका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका भएको डडेल्धुरामा उम्मेदवारले बाजगाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, नयाँ शक्ति नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चालगायत दल र स्वतन्त्रले पनि विभिन्न स्थानीय तहका विभिन्न पदमा मनोयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सात वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरिले बताउनुभयो । बिहान ८ देखि अपराह्न ५ बजेसम्म मात्रै मनोनयन दर्ता गर्ने भनिए पनि दलहरुको तयारी नहुँदा मनोनयन दर्तामा ढिलाइ भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय परिसरभित्र प्रवेश गरेका उम्मेदवारले साँझ अबेरसम्म मनोनयन दर्ता गर्न सक्ने व्यवस्था छ । डडेल्धुरामा १३ राजनितिक दलले दर्ता गराएका थिए ।

देउवाको गृह जिल्लामा  बागी उम्मेदवारी 

देउवाको गृह जिल्लामा कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा  बागी उम्मेदवारी परेको छ । अजयमेरु गाउँपालिकाबाट लोकराज भटट्ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सोही गाउँपालिकाको उपाध्यक्षमा युवा नेता किशोर बिष्टले उम्मेदवारी दर्ता गराएका छन् ।  नवदुर्गाको वडा नम्बर ४ बाट  टेकबहादुर साउदले उम्मेदवारी दिएका छन् ।

अमरगढी नगरपालिकाको वडा अध्यक्षमा पुष्पराज जोशी , वडा ३ बाट विरबहादुर ऐर, ४ बाट गगन सिंह बिष्ट, तेजबहादुर बोहरा,  वडा नम्बर ६ बाट बलराम भट्टले वडा अध्यक्षमा  उम्मेदवारी दर्ता गराएका छन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan