Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शक्ति प्रदर्शनसहित मनोनयन दर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan

धनगढी, ४ असार । आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आज यहाँ जुलुससहितको शक्ति प्रदर्शन गरेका छन् ।

राजनीतिक दल र स्वतन्त्र उम्मेदवार पक्षधर ठूलो सङ्ख्याका नेता कार्यकर्ता एवम् शुभेच्छुक स्थानीय बजारमा बाजागाजा, नाचगान र झाँकीसहित जुलुस प्रदर्शन गर्दै मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

जेठको चर्को गर्मीको परवाह नगरी समर्थकले आआफ्ना उम्मेदवारलाई मनोनयनस्थल सम्म लगिरहेको दृश्यले निर्वाचनको माहोललाई उत्कर्षमा पु¥याइदिएको देखिन्थ्यो । कैलाली जिल्लाका १३ स्थानीय तहमध्ये टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकामा मनोनयन दर्ताको काम साँझसम्म सकिए पनि अन्य स्थानीय तहमा साँझ अबेरसम्म उम्मेदवारी मनोनयन दर्तासम्बन्धी काम भइरहेको मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताउनुभयो ।

आवश्यक कागजात जुटाउनमा भएको कमजोरीका कारण मनोनयन दर्ता समयमै नसकिएको मुख्य निर्वाचन अधिकृत महराले बताउनुभयो ।

“धनगढी उपमहानगरपालिकाको हकमा रातिसम्म मनोनयन दर्ता गर्नुपर्ने देखिएको छ”– उहाँले भन्नुभयो, “उम्मेदवारी दर्ता गराउने कतिपयले नागरिकताको प्रतिलिपि नल्याएको र अन्य कतिपयको प्रस्तावक÷समर्थक जस्ता प्रक्रिया जुटाउन समस्या पर्दा दर्तामा ढिलाई भएको छ ।”

धनगढी उपमहानगरको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, सदस्य, पदमा विभिन्न दलका उम्मेदवारबाहेक अन्य व्यक्तिले समेत स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् ।

धनगढी उपमहानगरमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरमलगायत ठूला दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

उपमहानगरपालिकाको प्रमुखमा व्यापारी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ भने उपप्रमुखमा दलका उम्मेदवारबाहेक भोजराज भट्ट र मदनकृष्ण भट्टले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको छ । केही वडाका वडाध्यक्ष र सदस्य पदमा समेत स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा परेको उम्मेदवारी बारेको विस्तृत विवरण राति अबेर मात्रै आउने बताइएको छ ।

जिल्लाको एक उपमहानगरपालिका, सात नगरपालिका र छ गाउँपालिका गरी १३ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan