Thursday 17th of August | २०७४ भदौ १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवलपरासीको सात स्थानीय तहमा मनोनयन दर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan

नवलपरासी, ४ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि नवलपरासीका सात वटा स्थानीय तहमा उत्साहजनक रुपमा आज मनोनयनपत्र दर्ता भएका छन् ।

पन्ध्र स्थानीय तह रहेको नवलपरासीमा ५ नं प्रदेशअन्तर्गतका तीन नगरपालिका र चार गाउँपालिकाको विभिन्न पदका लागि शान्तिपूर्ण वातावरणमा मनोनयनपत्र दर्ता भएको हो ।

सात वटा स्थानीय तहमा करिब एक हजारभन्दा बढी उम्मेदवारले विभिन्न पदमा मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पन्ध्र स्थानीय तहमध्ये प्रदेश नं. ४ अन्तर्गत पर्ने आठ स्थानीय तहमा पहिलो चरणअन्तर्गत गत वैशाख ३१ गते नै निर्वाचन सम्पन्न भइसकेको छ । रासस
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan