Thursday 22nd of June | २०७४ असार ८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दूतावासको रकम ठगी गर्ने पक्राउ, धरौटीमा मुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ४ आइतबार
newsabhiyan

काठमाडौँ, ४ असार । शाही थाई राजदूतावासको प्रवेशाज्ञा बापतको रकम ठगी गर्ने काठमाडौँका सुचित्रा शर्मा गौतम र शोभना श्रेष्ठ प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ ।

थाई राजदूतावासको जाहेरी पत्रले वादी नेपाल सरकार प्रतिवादी सुचित्रा शर्मा गौतमसमेत भएको ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानपछि राजधानीबाटै दुवै आरोपीलाई पक्राउ गरेको हो ।

गौतम र प्रजापति सन् २००३ अगस्ट १८ देखि सन् २००४ नोभेम्बर ३० सम्म थाई राजदूतावास काठमाडौँको भिसा शाखामा काम गरी भिसा फारमबापतको सङ्कलन गरेको रकम रु ८२ लाख ५५ हजार ५५० लिई फरार भएका थिए ।

रकम राजदूतावासमा नबुझाई फरार दुवैजना काठमाडौँमा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा निजहरूलाई पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।

पक्राउ परेका ४० वर्षीया गौतम र ४४ वर्षीया प्रजापति काठमाडौँ जिल्ला अदालतको आजको आदेशले जनही रु चारलाख धरौटी राखी आजै मुक्त भएका छन् । रासस

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan