Sunday 22nd of October | २०७४ कार्तिक ५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकहरुमा आम्दानीको ठुुलो हिस्सा कर्मचारीको तलव भत्तामै

लगानीकर्ताहरुले लगानी वापत पाउने लाभांसको अनुपात न्युुन हुने संकेत

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । बैकिङ क्षेत्रमा आम्दानीको निकै ठुुलो हिस्सा कर्मचारीहरुको तलव भत्ता र कार्यालय सञ्चालन शिर्षकमा खर्च हुुने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार चालुु आर्थिक बर्षको चैतसम्ममा मात्र  बैंक तथा फाईनान्सले कर्मचारीको तलव र कार्यालय सञ्चालन शिर्षकमा झण्डै ४० अर्ब रुपैयाँ खर्च गरेको देखिएको छ ।

राष्ट्र बैंकको प्रतिवदेन अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले चालुु आवको चैतसम्म कार्यालय सञ्चालनमा १९ अर्ब ११ करोड १३ लाख ७० हजार र कार्यालय सञ्चालन शिर्षकमा १४ अर्ब ४६ करोड २६ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् ।

कुुल खर्च मध्येमा २८ वटा बाँणिज्य बैंकले मात्र कर्मचारीको तलव भत्तामा खर्च गरेको रकम १६ अर्ब ४२ करोड आठ लाख ९० हजार रुपैयाँ रहेको छ भने कार्यालय सञ्चालन शिर्षकमा गरेको खर्च ११ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

यसैगरी बिकास बैंकहरुले कर्मचारी व्यवस्थापन शिर्षकमा दुुई अर्ब २१ करोड २३ लाख ३० हजार रुपैयाँ र कार्यालय सञ्चालन शिर्षकमा दुुई अर्ब नौ करोड ९८ लाख ९० हजार रुपैयाँ खर्च गरेका छन् ।

फाईनान्स कम्पनीहरुले भने सो अवधिमा कर्मचारी व्यवस्थापनमा ४७ करोड ८१ लाख ६० हजार तथा कार्यालय सञ्चालन शिर्षकमा ४८ करोड ६४ लाख ६० हजार रुपैयाँ खर्च गरेकाछन । बैकिङ क्षेत्रमा अत्याधिकरुपमा खर्च बढ्दै जाँदा आम लगानीकर्ताहरुले पाउने प्रतिफल भने न्युन हुुनसक्ने संभावना बढेर गएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan