Sunday 22nd of October | २०७४ कार्तिक ५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनबी इन्स्योरेन्स कम्पनीले २७ करोडको हकप्रद आजबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । एनबी इन्स्योरेन्स कम्पनीले २७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको छ । कम्पनीले चुक्ता पुंजी २७ करोड रुपैयाँ मध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २७ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटल मार्फत असार पाँच गते आज सोमबारबाट खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य आगामी साउन नौ गतेसम्म जारी रहने छ । अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी २७ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चाात भने चुक्ता पुंजी ५४ करोड रुपैयाँ पुुग्ने छ ।

कम्पनीमा संस्थापक सेयरधनी समुहको ८० प्रतिसत अर्थात ४३ करोड २० लाख र सर्वसाधारण सेयरधनीहरुको २० प्रतिसत अर्थात १० करोड आठ लाख रुपैयाँ लगानी रहेको छ । कम्पनीले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड २० लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan