Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिर्मिरे माईक्रोको एक करोड ५० लाखको हकप्रद आजबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । मिर्मिरे माईक्रो फाइ्र्रनान्स डेभलपमेन्ट बैंकले एक करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन खुल्ला गरेको छ । बैंकले एक बराबर शुन्य दसमलव ५० को अनुपातमा एक लाख ५० हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।

बिक्री प्रवन्धक प्रभुु क्यापिटल लिमिटेड रहेको बैंकको असार पाँच गतेबाट खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य आगामी साउन आठ गतेसम्म जारी रहने छ । 

हाल चुक्ता पुंजी तीन करोड रुपैयाँ रहेको बैंकको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी चार करोड ५० लाख रुपैयाँ पुुग्ने छ । अधिकृत पुंजी १० करोड रुपैयाँ रहेको बैंकको जारी पुंजी भने चार करोड ५० लाख रुपैयाँ रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan