Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नवलपरासी महेशपुर सडकखण्डका स्थानीय त्रसित बन्दै, बिस्फोटक पदार्थ डिस्पोज

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

रबिन्द्र यादव, नवलपरासी, ५ असार । नवलपरासीको पाल्हीनन्दन गाँउपालिका ४ हरपुरमा राखिएको बिस्फोटक पदार्थ सेनाको टोलीले आज बिहान ८ बजे डिस्पोज गरेको छ ।

सोमवार बिहान ५ बजेको समयमा स्थानीयले बम जस्तो शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने परासी महेशपुर सडक खण्डमा रहेको उक्त बिस्फोटक पदार्थका कारण सो बाटोमा बिहान साढे पाँच बजेदेखि ८ बजेसम्म डिस्पोज नभएसम्म आवत जावत पुर्ण रुपले बन्द रहेको थियो ।

शनिवार परासीमा भएको झडपले त्रसीत सर्वसाधरणमा एका बिहानै बम भएको हल्ला भएपछि स्थानीयहरु झनै त्रसित बनेका थिए ।

बम डिस्पोज गर्दा बिस्फोटक पदार्थ जस्तो आवाज आए पनि जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त शंकास्पद वस्तु बम नभई समान्य बिस्फोटक पदार्थ भएको पुष्टि गरेको छ ।

दोसो चरणको चुनावको क्रममा नवलपरासीको परासी क्षेत्रका केही गाँउपालिकाहरु सम्बेदनशिल मानिएकाले यस क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

घटनास्थलमा कुनै समुहको पम्पलेट चिठी पत्र नभेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कुन समुह र किन विष्पोटक पदार्थ राखेको हो अनुसन्धान भइरहेको जनाइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan