Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी गाउँपालीकामा २ सय ७४ उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

मिकाइल आलम, लौकही, ५ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कोशी गाउँपालीकामा २ सय ७४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

साविक चारवटा गाविसहरु मिलाएर बनेको सुनसरीको कोशी गाउँपालीकामा आगामी असार १४ गतेका लागि आइतबार तोकिएको उम्मेदवारी दर्तामा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

आइतबार बिहान आठबजे देखि साझ ५ बजेसम्मका लागि निर्धारण गरिएको समय भित्रमा विभिन्न नौ वटा राजनीतिक दल र पाँच जना स्वतन्त्र उम्मेदवारले कोशी गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर भण्डारी जानकारी दिए ।

जस अनुसार कोशी गाउँपालीका प्रमुखको लागि नेपाली काङ्ग्रेसको तर्फबाट अयुब अन्सारी, नेकपा एमालेको तर्फबाट अजय कुशियैत, नेकपा माओवादी केन्द्रको तर्फबाट पञ्चनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी बहुजन शक्ति पार्टीको तर्फबाट सम्पत्ति खत्वे,नेपाल लोकतान्त्रिकको तर्फबाट सदान्न मण्डल,संघीय समाजवादी फोरम नेपालको तर्फबाट जितेन्द्र खेड्वार,राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट क्षेदीलाल उराँवले कोशी गाउँपालीकाको अध्यक्ष पदमा उम्मेदवार दर्ता गराएका छन् ।

यसैगरी कोशी गाउँपालीकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट पाँच जनाले आइतबार उम्मेदवार दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । स्वतन्त्र तर्फबाट कोशी गाउँपालीकाको प्रमुखका लागि उम्मेदवार दिनेहरुमा तजमुल मन्सुरी, वाजुद्दिन मन्सुरी, राकेश प्रसाद मण्डल, देवकृष्ण यादव र देवनाथ प्रसाद यादव रहेका छन् ।

आइतबारको उम्मेदवार दर्ता कार्यक्रम शान्ति पुर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकृत लोकबहादुर भण्डारीले जनाए । आइतबार भएको स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन दर्तामा २ सय २३ जनाले विभिन्न नौ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने ५१ जनाले कोशी गाउँपालीकाको विभिन्न वार्डको वार्ड सदस्य देखि प्रमुख सम्म उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दर्ता गरिएको उम्मेदवारहरुको नाममा छलफल गरी सोमबार आज उम्मेदवारहरु अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ । स्वतन्त्र उम्मेदवारहरु लाई असार छ गते निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan