Thursday 22nd of June | २०७४ असार ८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानन्यायाधीश हुन नपाउँदै गोपाल पराजुलीलाई एमालेको धक्का

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । प्रधानन्याधीश पद यतिबेला खाली छ । शुसीला कार्कीले अवकास पाएपछि यतिबेला सो पद खाली भएको हो । यतिबेला अबको प्रधान्याधीश को ? भन्नेबारे चर्चा चलिरहेको छ ।

चर्चाको शिखरमा छन् । गोपाल पराजुली । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अध्ययन गर्न बाँकी रहेको बताएपछि सोमबार बसेको संवैधानिक परिषदले पनि प्रधानन्यायाधीश सिफारिस गर्न सकेन ।

संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशका बारेमा आफूहरुले अध्ययन गर्न नै बाँकी रहेको बताएपछि बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची थियो । सुशीला कार्कीले अवकास पाएपछि प्रधानन्यायाधीश पद रिक्त छ ।

यसअघि न्याय परिषद्ले नयाँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउने निर्णय गरिसकेको छ ।

योग्यता पुगेका सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको क्रमको आधारमा गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको थियो । एमालेको धक्काले पराजुली प्रधानन्याधिश हुने नहुनेमा अन्योलता छाएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan