Thursday 22nd of June | २०७४ असार ८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकको मिलेमतोमा नबिलमा यस्तो उत्पात !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । राष्ट्र बैंकको मिलेमतोमा नबिल बैंकमा  ऋण काण्ड मच्चिएको छ । आफूलाई निजी क्षेत्रको अब्बल ठान्दै आएको नबिल बैंकका तत्कालिन सीइओ अनिल ज्ञवाली र हालका सीइओ शशीन जोशीका कारण नबिल बैंकमा उत्पात मच्चिएको छ ।

समाचार स्रोतका अनुसार नबिल बैंकले आ.व २०७२/७३ मा जनता बैंकका तत्कालीन अध्यक्ष गुरु न्यौपाने (पछि जनता बैंकका संचालक समिति सदस्य) लाई जनता बैंककै सेयर धितोमा लिएर १२ करोड ५० लाख कर्जा उपलव्ध गराइएको थियो । जलविद्युत् क्षेत्रका अग्रणी मानिएका जनता बैंकका तत्कालीन अध्यक्ष न्यौपानेलाई नबिल बैंकले नै किन सो रकम कर्जा दिन बाध्य भयो त ?

अन्य बैंकले त्यत्तिका चल्तापूर्ता व्यवसायीलाई किन ऋण दिन आट गरेनन् ? किन कि बैंक तथा वित्रिय संस्था ऐन बाफियामा कुनै पनि बैंक तथा वितिय संस्थाका पदाधिकारीले अर्को बैंकबाट समेत पाउदैनन् ।

तर नबिलले जनता बैंकका अध्यक्ष न्यौपानेलाई खुसुक्क कर्जा उपलव्ध गराईदियो । यसरी गुपचुपमा काम गर्दा ऋणीको कुनै गल्ती नदेखिएपनी उसका अधिकारीहरुले भने ठूलो चलखेल गरेको पाइन्छ ।

बाफिया बमोजिम बैंकले सोही आर्थिक वर्षमा उक्त कर्जा बराबरको रकम प्रोभिजन गर्नूपर्नेमा सो विषयलाई गुपचुपमा राखेको पाइन्छ । उक्त बारे राष्ट्र बैंकको अनुगमन टोलीलाई समेत संचालक समितिले प्रलोभनमा पारेर गुमानाम पारको स्रोत बताउछ ।

तर आर्थिक बर्ष २०७३/ ७४ को बैंकको बाह्य लेखापरिक्षण टोली टिआर उपाध्याय एण्ड कम्पनीले सो ऋणको बारेमा गम्भीर प्रश्न चिन्ह तेर्स्याएपछी समस्या बाहिर आएको नेपाल राष्ट्र बैंकको कर्मचारी स्रोतले बताएको छ।

लेखापरीक्षक टोली टीआर उपाध्याय एण्ड कम्पनीले दिन उपलब्ध गराउने क्रममा ऋणी गुरु न्यौपानेको भन्दापनि ऋण प्रदान गर्ने नबिल बैंक र उसका जिम्मेवार अधिकारीहरुले अख्तियार दुरुपयोग गरेको, ऐनको बर्खिलाप गरेको र अनुचित लाभ लिएको अडान र आशंका गरेपछि नबिल बैंकका हालका सीईओं शशीन जोशी लगायत ठुलाबढाहरुले तत्कालीन लेखापरीक्षक टोली टिआर उपाध्याय एण्ड कम्पनीलाई समेत ध्यम्क्याको चर्चा चार्टड एकाउन्टेन्ट समूहमा आजभोली हुने गरेको छ ।

तर टिआर उपाध्याय एण्ड कम्पनी, लेखापरिक्षण टोलीले उक्त अबैध रिणको बारेमा दोहोरो अडान लिंदै नबिल बैंकको वासलातमा हस्ताक्षर नगर्ने सर्त राखेपछि बैंकका सीईओ शसीन जोशी लगायत उच्च अधिकारीहरुले एक कदम पछाडी सरेर हस्ताक्षर गर्ने वातावरण बनाउन वाध्य भएको स्रोतको दावी छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan