Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपेन्द्र यादवले सरकारसँग पैसा लिएका छन् : नेता सुमन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकमबुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् । उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्तबहिष्कार गर्ने रणनीति लिएको बताए ।

नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दा पनि सरकारले आफ्ना कार्यकर्ताहरु माथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने,‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काममात्रै हो।’ उनले पटक पटक आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे ।

उनले अहिले भैरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिननमिल्ने समेत जिकिर गरे । उनले उम्मेद्धवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाए । उनले मधेशका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रिँदा बन्दुकको आडमा बल जफ्ती गरेको गुनासो पोखे ।

उनले संविधान बल जफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारे ।

उनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यस बारेमा कुनै सुनुवाई नगरेको समेत गुनासो पोखे । उनले भने,‘वार्ता तथा सम्वादको नाममा हामीलाई अल्झ्याउनको लागि धेरै प्रयत्न भए, तर हामी यसमा अल्झियनौं ।’ उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेशी जनतालाई धोका दिएको आरोप लगाए ।

उनले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमाम नोनयन दर्ता गराएको भन्ने कुरा बाहिर आएको बारे प्रतिक्रिया दिँदै भने,‘तिनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं।’

त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने,‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये ।’ उनले एकाध दुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै भने,‘अलबिदा, आन्दोल नगर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केहीभन्न सकिँदैन्, जाने गए।’

असार १४ गते हुने निर्वाचनको दिन आफूहरु भजन, कृतन गरेर नबस्ने समेत उनले जानकारी दिए । उनले भने,‘निर्वाचन भैरहँदा हामी कृतन गरेर बस्दैनौं, हामी विथोल्छौं।’ सुमनले निर्वाचनको दिनआफूहरुले एमाले, कांग्रेस र नेकपामाओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताए ।

प्रमुख दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरेका छन् ।

नेता पाण्डेले अबको निर्वाचनमा आफ्नो पार्टी बलियो हुने दाबी समेत गरे । उनले भने,‘हुन त एमाले अध्यक्ष केपी ओलीले अब कांग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तिमा दश दिनमात्रै बाँकी छ, १६ गते असार त परिणाम नै आउँछ नि, रिजल्ट हेरेपछि उहाँहरुको मुखबन्द हुन्छ ।’ उनले दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै ओलीको जुँगाको ताउ सकिने समेत जिकिर गरे ।

पाण्डेले एमाले अध्यक्ष ओलीले क्याम्पस ईकाई सभापति जस्तै गरि तल्लो स्तरमा उत्रिएर गाली गलौज गर्ने गरेको आरोप लगाउँदै भने,‘खोक्रो राष्ट्रवाद र झुठो कुरा गरेर केही हुनेवाला छैन, हामी कम्तिमा पनि त्यसरी तल्लो स्तरमा उत्रिन चाहेका छैनौं, अब हामी पनि टिट फर ट्याट गर्छौं।’

उनले स्थानीय तहको निर्वाचन तीन चरणमा गराउनुको प्रमुख कारण नै एमाले भएको समेत आरोप लगाए । उनले भने,‘असन्तुष्टि सम्बोधन गर्ने जिम्मा सरकारको हो, एमालेले गैर–जिम्मेवारीपन देखाएको छ।’ यद्धपी उनले राजपा नेपाल पनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास आफूहरुले लिएको भए पनि त्यो पूरा नभएको जिकिर गरे ।

पाण्डेले असोज २ गतेपछि अब निर्वाचन नसर्ने समेत जिकिर गरे । ‘चुनाव भनेको म्याण्डेट लिएर आउने हो नि, त्यसैले जनतामा आफ्नो एजेण्डाहरु लिएर जानुपर्छ’ उनले भने,‘चुनाव बहिष्कार गरेर असन्र्दर्भिक काम गर्नु हुँदैन्।’

पाण्डेले दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै एमालेले पनि संविधान संशोधनको पक्षमा मत हाल्ने दाबी गरे । उनले भने,‘हेर्दै जानु होला, एमाले अब यो निर्वाचन सम्पन्न भएलगत्तै यु–टर्न हुन्छ, उसले संविधान संशोधन गर्नको लागि पहल गर्छ।’

उनले राजपाका नेता तथा कार्यकर्ताहरुले चुनावमा भाग लिएको प्रसँगमा टिप्पणी गर्दै भने,‘चुनावमा भाग लिएका छन्।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘लेखेर राख्नुहोस्, हामी अब हुने निर्वाचनमा ५१ प्रतिशत स्थानमा विजयी हाँसिल गर्छौं।’

पोखरेलले प्रदेश नम्बर २ मा निर्वाचन सारेर सरकारले गम्भिर गल्ती गरेको समेत टिप्पणी गरे । उनले भने,‘दुई नम्बर प्रदेशमा निर्वाचन सारेर सरकारले गम्भिर भुल गरेको छ, यो मधेशी जनता माथिको अन्याय हो।’ उनले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो निर्वाचन भएकोले मतदानबाट बञ्चित गराउने कार्य कसैबाट पनि हुननहुने तर्क गरे ।

उनले भने,‘राजपालाई चुनावमा भाग लिन नदिन सरकारले नाटक गरेको हो, राजपालाई पालि रहने हो भने संविधान संशोधन पनि हुँदैन्।’ पोखरेलले संविधान संशोधनको पक्षमा एमालेले समर्थन नगर्ने समेत जिकिर गरे । उनले मधेशलाई विभाजित गर्न केहीले चाहिरहेको समेत आरोप लगाए ।

उनले कसैको स्वार्थ पुरा गर्नको लागि नेपाली कांग्रेसले कायरता प्रर्दशन गरेको समेत आरोप लगाए । उनले भने,‘चुनावको मिति किन सारियो भन्दा आफू हार्ने डरले कांग्रेसले सारेको हो।’ उनले २ नम्बर प्रदेशमा हुने चुनावमा पनि मधेशी जनता नै लड्ने भएकोले सिँगो मधेशी जनताको ठेक्का एउटा अमुक दलले लिन मिल्छ त ? भन्दै प्रश्न समेत तेर्साए ।

उनले आफ्ना प्रहरीलाई तेजोबोध गर्ने गरि अपराधीलाई एक करोड ५० लाख पैसा बाँड्ने, अपराधीलाई रक्षा गर्ने कांग्रेस र माओवादी केन्द्रलाई जनताले किनभोट हाल्ने ? भन्दै प्रश्न गरे । उनले मधेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।

पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी गरेर आई लाग्दा पनि आफूहरुले विजयी हाँसिल गरेको भन्दै प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले कति प्रतिशत जित्ने या नजित्ने भन्ने कुरा ज्योतिषीले बताउने कुरा भएको भए पनि आफ्नो पार्टीले ४० प्रतिशतभ न्दा बढि स्थानमा विजयी हाँसिल गर्ने दाबी गरे । उनले भने,‘माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनभन्दा राम्रो गर्छ, भोट हाँल्ने जनताले हो, अहिले नै यस्तो दाबी गर्नुहुँदैन्, तर पश्चिम, सुदुरपश्चित पुर्वमा चुनाव हुँदैछ, हामी । ’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan