Thursday 17th of August | २०७४ भदौ १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से झन्झन् घट्दै, २० अंंकले घटेपछि ६४ करोड ९८ लाको सेयर कारोवार (तालिका–सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । नेप्से झन्झन् घट्दै गएको छ । अघिल्लो दिन १३ अंकले घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार पनि २० दसमलव ८२ अंकले घटेर १५ सय ५५ दसमलव १५ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि आज चार दसमलव ४९ अंंकले घटेर तीन सय ३० दसमलव ३७ अंकमा कायम रहेको छ ।

एक सय ३७ कम्पनीहरुको पाँच हजार आठ सय १२ वटा कारोवारमा आठ लाख १४ हजार चार सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६४ करोड ९८ लाख आठ हजार तीन सय १५ रुपैयाँ पुुगेको छ । आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको कारोवार घटेपछि नेप्से पुरै रातो भएको छ ।

उच्च अंकले घटेको बीमा समुहको सुचक एक सय ४२ दसमलव ८९ अंकले घटेर आठ हजार दुुई सय २० दसमलव आठ अंकमा कायम रहेकोमा २९ करोड ६४ लाख १० हजार रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ३८ अंकले घटेर १३ सय ८५ दसमलव ५१ अंकमा कायम रहेकोमा २१ करोड ६७ लाख आठ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी होटल समुहको सुचक १६ दसमलव ६२ अंकले घटेर २१ सय ८८ दसमलव ९८ अंकमा कायम रहेकोमा ३९ लाख २६ हजार पाँच सय ५० रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुचक २१ दसमलव ३१ अंकले घटेर १९ सय १२ दसमलव १८ अंकमा कायम रहेकोमा छ करोड ३२ लाख ९८ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा तारागाउँ रेजिडेन्सी होटल परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्सको सेयर परेको छ । रकम कारोवारका आधारमा भने आज एभरेष्ट इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
 तारागाउँ रेजिडेन्सी होटल     २६५ ३.११
२  कञ्चन डेभलपमेन्ट बैंक   ३०६  
फरवार्ड कम्युनिटी डे. बैंक  १४४७    १.९७
४  आईसीएफसी फाईनान्स      २९६ १.७२
५  अरुण फाईनान्स     १९६  १.५५

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य घटेको मुल्य
एभरेष्ट बैंक (कन्र्भटेवल प्रिफरेन्स)     १०४५ ९.४४
मिथिला लघुबित्त बिकास बैंक     १३३०  ५.९०
तिनाउ बिकास बैंक      ३०३  ५.३१
४  बोटर्लस नेपाल तराई      ६१०१  ५.२९
सिन्धुु बिकास बैंक       ३५१ ४.९५

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
एभरेष्ट इन्स्योरेन्स कम्पनी    १५६०९८६८ २९३०
२  एभरेष्ट बैंक     ५९३९०४७५  १६६५
 प्राईम लाईफ इन्स्योरेन्स    ३०७५८११३ २५४९
४  स्टान्र्डड चार्टड बैंक     २५७४७२९३ २२६०
५  लुम्बिनी जनरल इन्स्योरेन्स    १७१९७८५८ १७६५

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan