Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रेट माया सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ५ असार । ग्रेट माया तेश्रो साइपल कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रेट मायाले भाइपरलाई २०–१४ ले पराजित ग¥यो । विजयी टिमका लागि सोनाम तामाङले ६ अंक जोडे ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै गोल्फुटार, मोर्गन र ए टिम पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

गोल्फुटारले बिग बेलर्सलाई १२–८ ले हरायो । गोल्फुटारको जितमा सोनु राईले ४ अंक योगदान गरे । दिपेश लामाको ४ अंक सहयोगमा मोर्गनले बेबिलनमाथि १८–१४ को जित निकाल्यो । ए टिमले किल थ्रीलाई १७–१४ ले पन्छायो ।

सेमिफाइनलमा ए टिमको भेट मोर्गनसंग हुनेछ भने गोल्फुटारले ग्रेट मायाको सामना गर्नेछ । गल्र्सको सेमिफाइनल लुम्बिनी र स्वप्न वाटिका तथा ग्रेट माया र धौलागिरीबीच हुनेछ । सेमिफाइनल र फाइनल मंगलबार हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan