Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जागिरको खोजीमा हुनुहुन्छ ? यसो गर्नुहोस्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २१ बुधबार
newsabhiyan


अधिकांश संस्थाले खाली पदका लागि विज्ञापन प्रकाशित गर्दैनन् । त्यसैले कामको खोजीका लागि विज्ञापन नकुर्नुहोस् । ती अप्रकाशित खाली पदसम्म पुग्ने बाटाको खोजी आफैँले गर्नुपर्छ । हरेक कम्पनीमा कर्मचारी छनोट तथा भर्ना गर्ने आ–आफ्नै शैली, संस्कृति एवं हायरिङ प्राथमिकता हुन्छन् । रोजगारदाता तपाईंको सफल हुने योग्यता कति छ भन्ने जान्न सधैँ इच्छुक हुन्छन् । उनीहरूसम्म पुग्नु रोजगारतर्फको यात्रा हो ।

व्यक्तिगत सम्पर्क
विज्ञापनविनै पदपूर्ति हुने स्थानमा व्यक्तिगत सम्पर्कको भूमिका अहं हुन्छ । भूतपूर्व सहकर्मी, नातेदार, साथी, भूतपूर्व शिक्षक आदि नया“ कामको खोजीमा महत्वपूर्ण साबित हुन सक्छन् ।

अनलाइन
सूचना तथा सञ्चार प्रविधिले सम्भाव्य रोजगारदातासँग सीधै सम्पर्क स्थापित गराउँछ । आफ्नो बायोडाटा एवं कभर लेटरलाई इमेलमार्फत रोजगारदातासम्म सजिलै पुर्‍याउन सकिन्छ । त्यसैगरी, फेसबुक, लिंक्डइन, वेबसाइट वा ब्लगमा आफ्ना काम तथा अनुभवहरूलाई पोस्ट गर्दा पनि तपाईंको प्रोफाइल बलियो हुन्छ । प्रतिभाको खोजीमा रहेका कुनै पनि रोजगारदाताको नजर तपाईंमा पर्न सक्छ ।

तयारी
रोजगारदातासम्म प्रभावकारी तरिकाले पुग्नुको अर्थ सो संस्थामा अन्तर्वार्ताका लागि निम्त्याइनु हो । जुन काम खोजीको सबैभन्दा कठिन भाग हो । तर, जब अन्तर्वार्तामा प्रस्तुत हुने मौका पाउनुहुन्छ, सम्भाव्य रोजगारदातालाई प्रभावित पार्ने तयारी गर्नुपर्छ ।

सीप विकास
काम पाउनमा व्यावसायिक सीपको सूची पनि निकै महत्वपूर्ण हुन्छ । किनकि, रोजगारदाताले सबैभन्दा उपयुक्त मानिसकै खोजी गर्छन् । त्यसले बायोडाटामा तपाईंको योग्यतालाई थप आकर्षक त बनाउ“छ नै, जागिर पाउने सम्भावना पनि प्रबल बन्छ । @ नयाँ पत्रिका

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan