Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित स्टार सलमान खान फेरि अभिनेत्री प्रीति जिन्टासँग काम गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २४ शनिबार
newsabhiyan
newsabhiyan

एजेन्सी। बलीउडका दबंग स्टार सलमान खान चर्चित अभिनेत्री प्रीति जिन्टासँग फेरि काम गर्ने भएका छन् । सलमान आफ्नो साथीका लागि पूरै बलीउडमा प्रसिद्ध छन् ।

उनी जुनसुकै बेलापनि आफ्नो साथीको साथमा उभिने गर्छन । यस्तैमा सलमानले प्रीतिसँग फेरि फिल्ममा काम गर्ने भएका छन् ।

अहिले खबर बाहिर आएको छ कि सलमान प्रीति जिन्टासँग स्क्रिन शेयर गर्दै चाँडै ठूलो पर्दामा कमब्याक गर्दैछिन् । सलमान मात्र प्रीतिको बलीउड करिअर बचाउनका लागि यस्तो गर्दैछन् ।

प्रीति केही वर्षदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनको अन्तिम फिल्म ‘इश्क इन पेरिस’ २०१३ मा रिलिज भएका थियो, जून सुपरफल्प भयो । यो फिल्ममा पनि सलमान प्रीतिसँग एक डान्स नम्बरमा देखिएका थिए ।

यो पहिलो पटक होइन जब कुनै साथीको फिल्मी करिअर बचाउनका लागि सलमान यस्तो काम गर्दै आइरहेका छन् ।

योभन्दा पहिला सलमान गोविन्दासँग फिल्म ‘पाटर्नर’मा काम गरिसकेका छन् । यो गोविन्दाको कमब्याक फिल्म थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan