Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिउड करिअरबारे जब सन्नी लियोनले यस्तो भनिन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २४ शनिबार
newsabhiyan
newsabhiyan

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनले सधैभरी बलिउडमा काम नगर्ने बताएकी छिन् ।

सन् २०११ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी लियोनले सधै फिल्ममा काम गरेर बस्न रुची नभएको बताएकी छन् ।

सन्नीका अनुसार बलिउडमा काम गर्ने व्यक्तिहरुले बलिउडबाट बाहिर निस्केर अन्य क्षेत्रमा पनि हात हाल्नुपर्छ । उनले भनेकी छिन्,‘म सधै बलिउडमा रहन्न । मलाई अन्य क्षेत्रमा पनि करिअर बनाउनु छ ।

फिल्म क्षेत्रलाई छोडेर अन्य क्षेत्रमा पनि करिअर बनाउने योजनामा म लागि परेकी छु ।’ उनले यसबारे थप्दै भनिन्,‘फिल्मी क्षेत्र छोडेपछि के गर्ने त्यसबारे नसोची म कुनै पनि निर्णय लिने छैन ।’

सन् २०११ मा रियालिटी सो ‘बिग बोस ५’ मार्फत उनी भारत आएकी थिइन् । त्यसपछि उनले फिल्म ‘जिसम २’ मार्फत बलिउडको यात्रा तय गरेकी थिइन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan