Monday 25th of September | २०७४ असोज ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'संविधान संशोधन अहिलेको आवश्यकता होइन'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २५ आइतबार
newsabhiyan
newsabhiyan

सुरुदेखि नै संघियताको विरोध गरेको राष्ट्रिय जनमोर्चाले अहिलेको राजनीतिक समस्याको मूल जड त्यही संघियतालाई मानेको छ । संघियताकै कारण हिमाल तराई र पहाडको एकतामा खलल पुगेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको दाबी छ । अहिले गर्ने भनिएको संविधान संशोधन देशका लागि घातक हुने समेत केसीको तर्क छ । केसीसँग यिनै विषयमा ऋषि धमलाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।


संविधान संशोधनको विषयमा राष्ट्रिय जनमोर्चाको धारणा के हो ?
राष्ट्रिय जनमोर्चा संविधान संशोधनको पक्षमा जाँदैन । संशोधनको विषय देशको मुद्दा नै हौइन । संशोधनको औचित्य नै नभएपछि राष्ट्रिय एजेण्डा हुनै सक्दैन ।

सरकार र माओवादीले त संविधान संशोधन आवश्यक छ भनिरहेको छ नि ?
उहाँहरु त संविधान संशोधन गर्ने भिष्म प्रतिज्ञा गरेर नै सरकारको नेतृत्व गर्नुभएको हो । कांग्रेस र माओवादीले सरकारमा जानकै लागि संशोधनको ठेक्का लिएको हो । राष्ट्रिय जनमोर्चा चाँही त्यसको विपक्षमा छ । अहिलेको आवश्यकता संविधान संशोधन हुँदै होइन । उहाँहरुले त संविधान संशोधन गरेर देशको सार्वभौमिकता, राष्ट्रियता र अखण्डतालाई सौदावाजी गर्न खोज्नुभएको हो ।

संविधान संशोधनको विपक्षमा बस्नुको कारण के छ ?
संविधान संशोधनले स्थानीय निकायका जनप्रतिनिधिको अधिकार खोस्छ । सिमाङ्कन गर्ने जिम्मा प्रदेशलाई दिनुपर्छ भनेर संशोधन गर्न खोजिएको छ । सिमाङ्कन गर्दा प्रदेशको स्विकृति लिनुपर्ने व्यवस्था देशका लागि घातक बन्नेछ । सत्ताको स्वार्थका लागि गर्न खोजिएको संशोधन राष्ट्रका हितमा हुनै सक्दैन ।

राष्ट्रिय जनता पार्टीले त संविधान संशोधन भएन भने संसदबाट बाहिरिन्छाँै भनेको छ । कसरी समस्या समाधान गर्ने त ?
उहाँहरु त धेरैपटक बाहिरिसक्नुभएको छ । पोहोर साल पनि बाहिरिनुभएकै हो । तर भोट हाल्न प¥यो भने त आइहाल्नुहुन्छ नि । तर प्रजातान्त्रिक व्यवस्थामा संसद छाडेर जाने हो भने त उहाँहरुको माग केही पनि पूरा हुन सक्दैन ।

नेकपा एमालेले पनि चुनावपछि संविधान संशोधन गरौँ भनिसकेको अवस्थामा तपाईहरु किन अडान लिनुहुन्छ ?
एमाले जान्छ कि, काले जान्छ कि माले जान्छ, त्यो उनीहरुको कुरा हो । तर अहिले संविधान संशोधनका लागि आएको प्रस्तावको राष्ट्रिय जनमोर्चाले स्विकार गर्न सक्दैन । आवश्यक परेको खण्डमा संशोधन गर्न सकिन्छ, तर अहिले आवश्यक छैन ।

मधेशमा दुई प्रदेश हुनुपर्छ भन्ने जनमत त छ नि ?
केही औँलामा गन्न सकिने मान्छेको कुरालाई जनमत भन्न मिल्दैन । नेपाल भनेको हिमाल, पहाड र तराई हो । कहाँ कति प्रदेश भन्ने कुरा उचित छैन ।

तपाई त संघियता नै चाहिँदैन भन्ने मुद्दा लिएर हिँड्नु भएको थियो । तर देश संघियतामा गयो । यसलाई कसरी लिनुहुन्छ ?
त्यही संघियताका कारण नै मुलुक अहिले अप्ठ्यारो स्थितीमा छ । स्थानीय निकायको चुनाव तीन चरणमा पनि सम्पन्न हुने नहुने निश्चित छैन । यो समस्या संघियताकै कारण आएको हो । अरु चुनाव पनि कहिले हुने भन्ने निश्चित छैन । जसका कारण संविधान नै धरापमा परेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan