Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्यानमारको पर्यटक भित्र्याउने विशेष योजना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २५ आइतबार
newsabhiyan

याङ्गुन, २५ असार । म्यानमारले यस वर्ष यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विशेष कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

म्यानमारले यस वर्ष यहाँ कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने योजना बनाएको छ ।

यसका लागि होटलको क्षमता अभिवृद्धिका साथै पर्यटकीय पूर्वाधार निर्माण एवम् विमान सेवाको क्षमता विकासका कार्यक्रम अघि सारेको जनाइएको छ ।

यसवर्षको अप्रिलसम्म १२ लाख मात्र पर्यटक म्यानमार पुगेका थिए । यही संख्या पनि गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्ला वर्षहरुका तुलनामा पछिल्लो समयमा बढी पर्यटकले भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ ।

सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सन् २०१६ मा २९ लाख पर्यटकले म्यानमार भ्रमण गरेका थिए भने सन् २०१५ मा त्यो भन्दा केही बढी रहेका थिए ।

यस देशले पर्यटन क्षेत्रलाई बढावा दिने प्रयास जारी राखेको जनाएको छ । पर्यटकीय आकर्षणसम्बन्धी कार्यक्रम हाल म्यानमारले सञ्चालन गरिरहेको छ । रासससिन्ह्वा 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan