Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पितृशोकमा लेखेँ पिया घर आएंगे - कैलाश खेर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २६ सोमबार
newsabhiyan
newsabhiyan

एजेन्सी । भारतीय गायक कैलाश खेर ‘अल्ला के बन्दे’ बोलको गीतका कारण निकै चर्चित भए । त्यसो त उनका अन्य गीत पनि चर्चामा छन् । तर, अल्ला के बन्देले श्रोतामाझ फरक स्थान ओगट्यो ।

उत्तर प्रदेशको मेरठ जिल्लामा जन्मिएका कैलाशका पिता कश्मिरी पण्डित थिए । उनी लोकगीतमा रुचि राख्थे । कैलाश फेरि अर्को एल्बम रिलिजको तयारीमा छन् । जसको एउटा गीत उनले आफ्नो पिताको मृत्युको शोकमा लेखेको खुलाएका छन् :

कैलाशको नयाँ एल्बम ‘कैलाशा चान्दन’ तयार भइसकेको छ । यो एल्बममा रहेकामध्ये एउटा गीत निकै ‘फेभवरेट’ लाग्ने उनले बताएका छन् । किनभने त्यो गीत उनले पितृशोकमा लेखेका थिए । ‘पिया घर आएंगे गीत सन् २०१३ मा पिता पण्डित मेहर सिंह खेरको यादमा लेखेको हुँ । यही गीतलाई अहिले नयाँ एल्बममा पनि समावेश गरेको छु,’ कैलाशले भने ।

कैलाशले ४ वर्षको उमरेदेखि गीत गाउन सुरु गरेका थिए । तर, परिवार उनको सांगीतिक लगावको विपक्षमा थिए । परिवारका विरोधकै कारण उनले १४ वर्षको उमेरमा संगीतकै लागि घर छाडिदिएका थिए । पैसाका लागि उनले बच्चाहरूलाई म्युजिकको ट्युसन दिन्थे ।

कैलाशले १९९९ मा आत्महत्याको प्रयास पनि गरे । साथीसँग मिलेर सुरु गरेको ह्यान्डिक्राफ्टको व्यवसायमा घाटा भएपछि उनले यो बाटो सोचेका थिए ।

‘डिप्रेसनका कारण आत्महत्या गर्ने सोचाइसम्म पुगेँ,’ उनले भने । तर, परिस्थितिले उनलाई सांगीतिक क्षेत्रमा स्थापित गराइदियो र निकै चर्चित बने । अहिलेसम्म उनले पाँच सयभन्दा बढी गीत आइसकेका छन् । न्यूज अभियानका लागि नयाँपत्रिका दैनिकबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan