Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सगरमाथामा गोर्खा सैनिकको माग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २८ बुधबार
newsabhiyan

काठमाडौँ, २८ असार । ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई आज रु एक लाख पुरस्कार प्रदान गरेको छ ।

पाँचथर, माङजावुङ–३ का २८ वर्षीय लिम्बूले गत जेठ ६ गते सगरमाथा आरोहण गर्नुभएको थियो । यसअघि उहाँले रसुवास्थित लाङटाङ हिमाल आरोहण गर्नुभएको थियो ।

यहाँ आज आयोजित कार्यक्रममा समितिका उपाध्यक्ष राधा गुरुङले लिम्बूलाई पुरस्कार प्रदान गर्दै पर्यटन क्षेत्रको विकासबाट मुलुकमा सामाजिक रुपान्तरण गर्न आग्रह गर्नुभयो । समितिले अन्तर्राष्ट्रिय तहबाट विभिन्न स्रोत सङ्कलन गरी पुरस्कारका लागि रकम जुटाएको थियो ।

नेकपा (माले) का नेता तथा सांसद अइन्द्रसुन्दर नेम्वाङले लिम्बूले आरोहण गरेको सगरमाथामा अहिले हिलारी स्टेप हराएको भन्नेबारे यथार्थको खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । समितिका अध्यक्ष कृष्ण राईले आफ्नो संस्थाले विदेशमा रहेर पनि नेपालीलाई दैवीप्रकोप, दुःख पीडामा सहयोग उपलब्ध गराएको तथा भूकम्प पीडितलाई रु ३० लाख बराबरको सहयोग प्रदान गरेको जानकारी गराउनुभयो ।

आरोही लिम्बूले विश्वकाम अन्य अग्ला शिखरसमेत आरोहण गरी नेपालीको गौरब बढाउने तथा बुद्धले फैलाएको शान्ति शिक्षा फैलाउने आफ्नो योजनाबारे जानकारी दिनुभयो । समितिले बेलायती सैनिकसरह गोर्खा सैनिकलाई पनि समान सेवा र सुविधा उपलब्ध गराउन माग गर्दै आएको छ । आरोही लिम्बूले सो समितिको मागलाई समेत सगरमाथामा पु¥याउनुभएको थियो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan