Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपतिको चरित्र हत्या गर्ने सुनार पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २९ बिहिबार
newsabhiyan
newsabhiyan

दीपक अनुरागी, कपिलवस्तु, २९ असार । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघोषित पत्रकार तौलिहवावाट पक्राउ परेका छन् ।

सोनुकुमार सुनार नाम गरेका हुँदा मोडल रेडियो तौलिहवाका एक स्वघोषित पत्रकारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन भन्दा बाहिरबाटै बुधवार साँझ नियन्त्रणमा लिएको हो ।

प्रहरी उपरिक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको बताउनु भयो । कक्षा ८ मात्र पढेका कारण नेपाल पत्रकार महासंघको सदस्यता समेत पाउन नसकेका प्राविधिक कर्मचारीले पछिल्लो समयमा आफुलाई सो रेडियोको मेनेजर भएको दावी गर्दै आएका थिए ।

पक्राउ परेका सुनार प्यूठानका बासिन्दा हुन् । प्यूठानवाट कपिलवस्तुमा आएपछि उनले रेडियो प्राविधिकसंगै पत्रकारीता पेशामा संलग्न रहेको उनलाई नजिकवाट जान्नेहरु बताउछन् ।

पछिल्लो पटक राष्ट्रपतिलाई तथानाम गाली गलौज गर्ने र ब्यक्तिगत चरित्र हत्या गर्नेगरी स्टाटस लेखेपछि पक्राउ परेका सुनारले केहि दिन अघि प्रचण्डका आँखा झिकेर तेलमा फ्राई गरेर खान मन लागेको र केपी ओलीलाई हत्या गर्न मन लागेको जस्ता स्टाटस लेखेका थिए ।

शिवरात्रीको बेलामा नाङ्गा साधुको तस्बीर राखेर समग्र महिलाले उनकै लिङ्गको जल खानुपर्ने स्टाटस लेखेका थिए । उनले लेखेका स्टाटसहरुले पत्रकार जगतकै बदनाम गराएको भन्दै पत्रकारका नाममा गलत गर्नेहरु माथि कारवाही हुनुपर्ने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले बताउनु भयो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डेले पत्रकार नामका कलंकलाई कडा कारवाही गर्न माग गर्नु भयो ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ ।

नेपालमा प्रहरीले साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ । उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने दफा हो ।

यस दफाले कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । यता पक्राउ परेका सुनारलाई कडा कारवाहीको माग गर्दै बीहिवार अधिकारकर्मीहरुले प्रशासनलाई ज्ञापनपत्र बुझाउने तैयारी गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan