Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटन सद्भावना दूतलाई सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौँ । सरकारले पर्यटन पुनःउत्थानका सहयोग पु¥याएका विभिन्न देशका राजदूतहरुलाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका पिटर एथेन्स, न्युजिल्यान्डका पिटर हिलारी, जापानकी जून्को तावेइ, अस्ट्रेलियाका तासी तेञ्जिङ, दक्षिण कोरियाका उमहङ गिल, स्पेनकी एड्रनी पासावन, फ्रान्सका जिन माइकल एसेलिन, अस्ट्रियाका वल्फ ग्याङ नाइज्ज, जर्मनीका राल्फ डजमोविट, स्वीजरल्यान्डकी निकोली निक्कीलगायतलाई सम्मान गरेको हो ।

नेपाली पर्वतीय पर्यटन सद्भावना दूत मिङ्मा शेर्पा, लाक्पा रीता शेर्पा, सुस्मिता मास्के, लाक्पा शेर्पा, शैली बस्नेतलाई पनि सम्मान गरिएको छ । आज यहाँ आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गर्दै पर्यटन सद्भावना दूतहरुबाट नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सञ्चारमाध्यममा छाएजस्तो भूकम्पबाट नेपालको पर्यटन क्षेत्रमा क्षति नभएको स्पष्ट पार्दै भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । नेपालका लागि अस्ट्रियाका पर्यटन सद्भावना दूत वल्फ ग्याङ नाइज्जले नेपाल पर्यटकीय क्षेत्रमा आंशिक क्षति पुगेको भन्दै पर्यटकलाई नेपाल घुम्न आउन आग्रह गर्नुभयो । उहाँले भूकम्प गएका बेला आफू नेपालमा भए पनि अस्ट्रेलिया फर्केर नेपालका पीडितलाई राहत लिएर आएर वितरण गरेको बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले विभिन्न मुलुकहरुले ट्राभल एड्भाइजरी नेपालका बारेमा नकारात्मक सामग्री राखेकाले त्यसलाई सच्याउनका लागि पहल गरेको जानकारी दिनुभयो । उहाँले नेपाल सुरक्षित रहेकाले यहाँ आउन विदेशीलाई आह्वानसमेत गर्नुभयो । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan