Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युनेस्को आवद्ध संस्थाको राष्ट्रिय अधिवेशन शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ३१ शनिबार
newsabhiyan

काठमाडौँ, ३१ असार । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध संघसंस्था तथा क्लबहरूको राष्ट्रिय महासंघको राष्ट्रिय अधिवेशन आजदेखि शुरु भएको छ ।

अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले युनेस्कोको अभियानले नेपालको शिक्षा र संस्कृतिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले युनेस्को क्लबमा युवा पुस्ता सक्रिय रहेकामा खुसी व्यक्त गर्दै युनेस्कोले गरिब निमुखा विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग पु¥याएको बताउनुभयो ।

युनेस्कोका लागि नेपालस्थित राष्ट्रिय आयोग सचिवालयका सचिव चन्द्रकान्त भुसालले आफूहरू महासंघसँग मिलेर शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्न तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा महासंघका संस्थापक महासचिव हिरण्यलाल श्रेष्ठले युनेस्कोमार्फत नेपालका साँस्कृतिक सम्पदा जोगाउन सकिएको उल्लेख गर्नुभयो ।

अधिवेशनमा ७५ जिल्लाका १५५ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष प्रेमनारायण अर्यालले जानकारी गराउनुभयो । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan