Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसपी एसएसपीमा सिफारिस, पछिल्लो ब्याजबाट बिश्व पोखरेल १ नम्बर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं,१ साउन । प्रहरी प्रधान कार्यालयले २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको छ ।

यो एसएसपी बढुवामा एसपीको दुई ब्याज मध्येबाट कार्य सम्पादन र मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

जसमध्ये शैलेष थापा क्षेत्री, निरज शाही, प्रध्युम्न कार्की, हरी पाल, बिरेन्द्र श्रेष्ठ, लोकेन्द्र मल्ल, घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कडेल, बिश्वराज पोखरेल, प्रकाशजङ्ग कार्की, वसन्त कुमार पन्त, संजयराज शर्मा, ईश्वरबाबू कार्की, दिलिप कुमार चौधरी, राजेश कुमार लालकर्ण, देव बहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त कुमार लामा, दिवेश लोहनी, शौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार र रविन्द्र धानुक रहेकाछन् ।

विश्व पोखरेल,उत्तम सुवेदी,दिवेश लोहनी,धिरजप्रताप सिंह,रविन्द्र धानुक र वसन्त लामा पछिल्लो ब्याजवाट रहेका छन् ।

पछिल्लो ब्याजबाट पोखरेल एक नम्बरमा रहेकाछन् । उनले बिभिन्न जिल्लामा रहँदा राम्रो काम गरेर प्रशंसा बटुल्दै आएका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan