Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रत्ननगर उवासङ्घको अध्यक्षमा रेग्मी निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan

रत्ननगर (चितवन), १ साउन । रत्ननगर उद्योग वाणिज्य सङ्घ, चितवनको आठाँै अधिवेशनले राजाराम रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ ।

असार २६ गतेबाट शुरु भएको आठौँ अधिवेशनमा विधान संशोधनको विषयमा विवाद उत्पन्न हुँदा छ दिनपछि शनिबार तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । समितिमा सबै कार्यसमिति निविरोध भएको सङ्घका वर्तमान अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, वाणिज्यतर्फ उपाध्यक्षमा विनोद पोखरेल, वस्तुगततर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएटतर्फको उपाध्यक्षमा शंकर गिरी निर्विरोध हुनुभएको छ ।

असन्तुष्ट पक्षको नेतृत्व गर्नुभएका भट्ट र गिरीले उपाध्यक्ष पद पक्का गरेपछि विरोधका कार्यक्रम रोकेर सहमतिमा आएका हुन् । यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी चयन हुनुभयो ।

अधिवेशनले विभिन्न क्षेत्रबाट १८ जना सदस्यसमेत निर्विरोध चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जनाउनुभयो । रासस

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan