Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पानीका धनी हामी किन अँध्यारोमा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १ साउन । फर्पिङको यो जलविद्युत आयोजना नेपालको पहिलो र दक्षिण एसियाकै दोश्रो आयोजना हो । हामी अझै पनि यही हेरेर बसिरहेका छौं, दक्षिण एसिया जलविद्युत उत्पादनमा धेरै अघि बढीसकेको छ ।

फर्पिङमा रहेको चन्द्रज्योति जलविद्युत पावर स्टेशन यतिबेला खण्डहर बनेको छ । यो त्यही जलासय हो, जहाँबाट चन्द्रशमशेरको पालामा विजुली उत्पादन गरिएको थियो ।

१९०७ मा सुरु गरेर १९११ मा सम्पन्न यो विद्युत आयोजनामा ७ लाख १३ हजार २ सय ७३ र पैसा ८२ खर्च भएको रेकर्ड छ नेपाल विद्युत प्राधिकरणसँग ।

झण्डै ८४ हजार मेगावाट विद्युत निकाल्ने क्षमता भएको नेपाल यतिबेला भारतबाट झण्डै १ खर्बको विद्युत आयात गरेर लोडसेडिङ मुक्त भएको छ ।

विद्युत उत्पादनमा भन्दा पनि लाइसेन्स वितरण र कमिशनमा बढी ध्यान दिएकाले नेपालको खोला दलालका झोलामा सिमित हुनपुग्यो । झोलाबाट खोला निकालेर विद्युत उत्पादन गर्ने कहिले ?

भन्नलाई १० वर्षमा १७ हजार मेगावाट विद्युत निकाल्ने गफ हाँकिन्छ । तर व्यवहारमा त्यस्तो इमान्दार काम भएको देखिदैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan