Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निगमको अनलाइन बुकिङ्ग शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १ आइतबार
newsabhiyan

काठमाडौँ, १ साउन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ ।

अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेसँगै अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले आज यहाँ एक कार्यक्रमबीच अनलाइन बुकिङ्ग उद्घाटन गर्दै सूचना प्रविधिको प्रयोगले निगमको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताउनुभयो ।

सूचना प्रविधि विभागका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताउनुभयो ।

भारतको वर्ड इन्फर्मेसन सिस्टम तथा थाइल्याण्डको टुसिपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएकोे छ ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आबद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगमले जनाएको छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan