Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वीपी प्रतिष्ठानको स्वास्थ्य सेवा खस्किएको भन्दै कर्मचारी नै रुष्ट (पत्र-सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

धरान, २ साउन । विगत केही महिना यता वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा खस्कँदो छ । प्रतिष्ठानका उपकूलपति, रजिष्ट्रार, अस्पताल निर्देशक कसरी हुन्छ कमाउ धन्धामा लागेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

दिनप्रतिदिन सेवा र गुणस्तर खस्कँदै गएपछि प्रतिष्ठानकै कर्मचारीसमेत पदाधिकारीको कार्यशैली प्रति रुष्ट भएका छन् । गत असार २९ गते प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिका पदाधिकारीले उपकूलपतिलाई ध्यानाकर्षण पत्र बुझाउँदै अविलम्ब सेवा बृद्धि गर्न आग्रह गरेका छन् ।

कर्मचारीहरुले सेवा सुविधा नपाएको भन्दै प्रतिष्ठानका उपकूलपतिलाई ध्यानाकर्षण गराएका छन् । कर्मचारी कल्याण तदर्थ समितिको अगुवाईमा कर्मचारीहरुले प्रतिष्ठानको उपचार सेवा समेत खस्कँदै गएको र प्रतिष्ठानमा तत्काल सिटी स्क्यान, एमआरआई जस्ता सेवा सुचारु गर्न माग गरेका हुन् ।

कर्मचारीहरुले विगत लामो समयदेखि नबढेको तलब समायोजन गरि बृद्धि गरिनुपर्ने, दैनिक ज्यालादारी कर्मचारीलाई नियमानुसार करार थप गर्नुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गरिनुपर्ने बताएका छन् ।

यसैगरी स्वास्थ्य सेवालाई प्रभावकार बनाउन सिटी स्क्यान, एमआरआई ल्यावलाई ब्यवस्थित गरी आइसीयू, इएमजी, डायलाइसिस जस्ता अति आवश्यक सेवा विस्तार गर्न भनिएको छ ।

यसैगरी कर्मचारी कल्याण समाजको निर्वाचन गराउनु पर्ने, फायल बढुवा तथा आन्तरिक स्थानान्तरण गरिनुपर्ने समेत भनिएको तदर्थ समितिका अध्यक्ष राजन प्रसाद कोईरालाले बताए ।

प्रतिष्ठानका एक कर्मचारीले पदाधिकारी भ्रष्टाचारमा लिप्त भएको भन्दै कर्मचारीलाई दिने न्यूनतम सेवा सुविधाबाट समेत बञ्चित गरेको बताए ।

‘उनीहरु महलमा बस्छन्, हामी साना कर्मचारीको कुनै कुरा सुन्दैनन्’ उनले भने । उनले ध्यानाकर्षण बुझाउँदा पनि आफ्ना मागहरु पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिए ।

यता प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले आफु भर्खरै आएको र प्रतिष्ठान सुधार्न लागि परेको भन्दै कर्मचारीलाई धैर्य गर्न आग्रह गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan