Monday 25th of September | २०७४ असोज ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साउनको पहिलो सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा गरी मनाउँदै (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

पोखरा, २ साउन । आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजा आराधना गरी मनाईदै । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ आज बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

विशेषगरी महिलाहरुले साउन महिनामा हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्दछन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । तसर्थ पनि साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् ।

यसैबीच आजदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ । पोखराको सेतिनदि गाईघाट, केदारेश्वर, विन्दावासीनी, काठमाडौंको पशुपति र चितवनको देवघाट लगायतका पवित्र स्थलहरुमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

बोलबम धामको रुपमा परिचित केदारेश्वर महादेवमणि मन्दिरमा विहानै देखि भक्तजनहरुले जल चढाईरहेका छन् । मन्दिर व्यवस्थापनका अनुसार उनिहरुले विहानैदेखि पुजाआजालाई जारी राखेका छन् ।

बोलबमको ध्वनीले, शान्ति पाउन साराले’ भन्ने मूलमन्त्रका साथ गाईघाट देखी मन्दिर सम्म बोलबम यात्रा सुरु गरिएको छ भने, उक्त यात्रामा हजारौ भक्तजनहरुले एक सहभागीता जनाईरहेका छन् ।

भक्तजनले बगरस्थित गाईघाटबाट सेतीको जल उठाई करिब ८ किलो मिटर पैदलयात्रा गरी केदारेश्वरमा जलार्पण गर्नेछन्  १०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य भएको जानकारवालाहरुले तर्क गरेका छन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan