Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकले पुुनः १० अर्बको निक्षेप उपकरण बिक्री गर्ने (पत्र–सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले भोलि मंगलबार पुुन १० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । बोलकवोलको माध्यमद्धारा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा बिक्री गरिने उक्तउपकरण खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

परिपक्व हुने अवधि ९० दिन तोकिएको उक्त उपकरणको सावाँ तथा व्याज भुक्तानी अवधि भने २०७४ असोज ३० गते रहेको छ ।

राष्ट्र बैंक बाहेक अन्य बैक तथा फाईनान्स कम्पनीहरुमा कर्जा प्रयोजनको लागि धितोकोरुपमा समेत राख्न सकिने उक्त उपकरण घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात मा गणना गर्न पाईने छैन । तर, यस तरलता अनुुपातमा भने गणना गर्न पाईने छ , राष्ट्र बैंकले भनेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan