Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से निरन्तर उकालोतर्फ, अपरान्हसम्म १२ दसमलव ४६ अंकको बृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ साउन । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से निरन्तर उकालोतर्फ उन्मुुख देखिएको छ । अपरान्ह एक बजेर ३० मिनेट जाँदासम्म नेपसे १२ दसमलव ४६ अंकले बढिसकेको छ भने सेन्सिटिभ  दुुई दसमलव ६५ अंकले बढिसकेको छ ।

यसअवधिमा नेप्से सुचक १५ सय ९६ दसमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ तीन सय ३९ दसमलव दुुई अंकमा पुुगेको छ ।

कुुल एक सय ४१ कम्पनीहरुको तीन हजार पाँच सय ६० वटा कारोवार भएकोमा ११ लाख ६५ हजार पाँच सय ४३ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ३७ करोड नौ लाख सात हजार छ सय ४६ रुपैयाँ पुुगेको छ ।

यसअवधिमा आठ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र अन्य बाहेक बाँकी समुहको सुचक उच्च अंकले बढेको छ ।

अपरान्ह सम्म हिमालयन डिष्ट्रिलरीको प्र्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर आठ सय ९० रुपैयाँमा कारोवार भईरहेको  भने भने कुुवेर मर्चेन्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ३३ पैसाले घटेर एक सय ३९ रुपैयाँमा कारोवार भईरहेको छ ।

यसबिचमा कुुवेर मर्चेन्टको संस्थापक सेयरतर्फ एक सय रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १६ लाख ६२ हजार सात सय ५० रुपैयाँको सेयर खरिद बिक्री भईसकेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan