Friday 22nd of September | २०७४ असोज ६ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नापतौल ठगी गर्ने व्यवसायीलाई कारबाही

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

विराटनगर, २ साउन । नापतौलमा अनियमिमता गरी उपभोक्तालाई ठगी गर्ने पूर्वाञ्चलका दुई हजार ६७५ व्यवसायी एवम् व्यापारीलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ को एक वर्षको अवधिमा नापतौलयन्त्रको जाँच नगराउने, उपभोक्तलाई तौलमा ठगी गर्ने व्यवसायीको फर्ममा छड्के एवम् नियमित रुपमा गरिएका अनुगमन पछि सो कारबाही गरिएको कार्यालय प्रमुख मनिष दासले जानकारी गराउनुभयो ।

सोही अवधिमा कार्यालयले दुई हजार ७६ व्यवसायीलाई कारोबारका लागि नापतौल यन्त्र सम्बन्धी नयाँ इजाजतपत्र प्रदान गरेको जानाएको छ ।

कार्यालयले नापतौल सम्बन्धी नयाँ इजाजतपत्र वितरण र कारबाहीबाट आव २०७३÷७४ मा रु एक करोड १० लाख १७ हजार राजश्व संकलन गरेको छ ।

पूर्वाञ्चलका सात हजार ३४५ व्यवसायीले आफ्नो कारोबार गर्ने नापतौल यन्त्रको जाँच समेत गराएका थिए ।रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan