Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माओवादी केन्द्रको सचिवालय बैंठकमा यस्तो अचम्म !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २ साउन ।  माओवादी केन्द्रको आजबाट पार्टी केन्द्रीय सचिवालय बैठकमा शुरु भएको छ ।
बैंठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो र दोस्रो चरणको चुनावमा माओवादी पराजय हुनुको मुख्य कारण पार्टी नै जिम्मेवार भएको बताए ।

स्रोतका अनुसार, सधै दोष अरुलाई देखाउने प्रचण्डले वैठकको शुरुमा अचम्म तर कडा तवरले प्रस्तुत हुर्दै प्रचण्डले सुरुमै आजबाट पार्टीभित्र रहेका सवै गुट विघटन गरौँ । होइन भने घोषित रुपमा चलाऔँ । भनेका थिए ।

त्यस्तै उनले भनेका थिए,‘यो देशमा परिवर्तन हामीले गर्ने काम भयो । तर, पार्टीले गरेको काम संस्थागत गर्न सकिएन । चुनावमा यसको असर देखियो । काँग्रेस–एमालेका अनुसार चुनाव लड्दा यस्तो अबस्था आयो ।’ अघि बढ्दै भने,‘हाम्रो तरिकाले चुनाव लड्न नसक्दा यस्तो भयो । यो हारको कारण जनतामा होइन, पार्टीभित्र खोज्नुपर्छ । जनताले यस्तो माओवादी खोजेको होइन । ’

प्रचण्डले सम्बोधनका क्रममा जनताले खोजेजस्तो माओवादी हुन नसकेको बताउँदै  भने,‘हामी जनचाहना अनुसार अगाडि बढ्न सकनौँ । पराजयको ठूलो कारण यहीँ हो । केन्द्रीय कमिटि पनि हाम्रो ठीक भएन ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan