Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्युज अभियानकर्मी माथि दुब्यबाहर गर्ने तीन जना अभियुक्त छुटे

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

बारा, २ साउन । न्युज अभियानकर्मी प्रनिश थापा माथि दुब्र्यबहार गर्ने तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको केही बेरमै छाडिदिएको छ ।

थापाले आफूलाई केही नभएको बताएपछि उनैको रोहवरमा तीनै जना अभियुक्तलाई छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेकाहरु माथि कुनै पनि उजुरी परेका थिएनन् । उजुरी नपरेपछि हामीले केका आधारमा नियन्त्रणमा लिने ? प्रहरी प्रमुख नरेन्द्र उप्रेतीले भने, उनीहरुलाई आइन्दा गुण्डा गर्दी नगर्ने सर्तमा छाडिएको हो ।

समाचार लेखेकै आधारमा हाम्रा सहकर्मी थापा माथि पटक पटक दुब्र्यबहार हुँदै आएको थियो । यस अगाडि उनले प्रहरीको बिषयमा कलम चलाएको भन्दै केही अपरिचित ब्यक्तिले ज्यान मार्ने सम्मको धम्की दिएका थिए ।

घुमुवा मार्फत अबैध पैसा असुल्ने प्रहरीलाई कार्वाही भएपछि केहीले अझै पनि अश्लील शब्द बोल्दै थर्काउने गरेका छन्, त्यस्को बाबजुद पनि थापाले आफ्नु कलम निरन्तर चलाइरहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan