Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इटहरीमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय, शोरूम तथा सर्भिस सेन्टरको स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

सुनसरी, २ साउन । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय  इटहरी स्थित विराटनगर लाइनमा शुभारम्भ गरेको छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरूकालागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना ग्राहकहरूलाई सरल एवं सहज सुविधा प्रदान गर्नका लागि शाखा खोलिएको  कम्पनिले जनाएको छ ।

स्थापना गरिएको शोरूमबाट आफ्ना सम्पूर्ण रेन्जका टु ह्विलर सवारी, सर्भिसङ्ग तथा जेन्यून पार्ट उपलब्घ हुने समेत जनाइएको छ । इटहरी स्थित नयाँ क्षेत्रिय कायार्लय, शेरूम तथा सर्भिस सेन्टरले ईटहरी तथा असपासका बासिन्दाहरूलाई न्यूनतम मूल्यमा कम्पनिको गुणस्तरिय सेवा तथा सुविधा पाउने छन् ।

शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले गर्नुभएको थियो । त्यहाँ उपस्थित पत्रकारहरूसंग संक्षिप्त कुरा गर्दै  शर्माले भने कम्पनी केवल सवारी बिक्री गर्न तर्फमात्र नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरूको सर्वसुलभता तर्फ पनि बिशेष ध्यान केन्द्रित हुनुका साथै चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमानै ग्राहकहरूलाई स्वेयरपार्ट उपलव्ध गराई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदै आएको बताएका छन्।

अग्नि ग्रुप सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पाेरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., बालाजु अटो बर्क्स प्रा.लि. रहेका छन् । यी कम्पनिहरूले मिहन्द्रा युटिलिटि भृइकल,  ट्राक्टर, टु ह्विलर तथा वद्यिुतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आइरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan