Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीजमा लिलाको यस्तो लिला, बेलायतीहरु हेरेको हेरेकै (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौँ । पात्रोहरुमा जब जब चाडपर्वहरु नजिकिन थाल्छन् तब श्रृजनशील मनहरु त्यस चाडवाडसँग सम्बन्धित रहेर नयाँ नयाँ श्रृजना तयार गर्न तर्फ अग्रसर हुने गर्दछन् । विशेष गरी नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा भने सबै भन्दा बढी नै गित संगीतहरु आउँने गर्दछन् ।

यसै परम्परालाई निरन्तरता दिने क्रममा नेपालको तीज परम्परा यसपाली लण्डनमा पनि झल्किएको छ अर्थात यसपालीको तीजमा लण्डनमा बस्ने नेपाली दिदी बहिनीहरु छमछम्ती नाँचेका छन् अनि यो नाँच तीजसम्म नै निरन्तर रहने छ । यस्तो अवसर जुराई दिएकी हुन् बेलायत अल्डरसट निवासी नेपाली चेली लिला विश्वकर्माले ।

पुस्तक लेखिकाका रुपमा समेत आफ्नो परिचय स्थापित गरिसकेकी लिला विश्वकर्माको शब्द तथा जिना रसाईंलीको स्वर सजिएको तीजमा बरी लै बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बेलायतको आइकोनिक संरचना वरपर नेपाली संस्कृति झल्काउने गरि पहिलो पटक तीज गितको छायाँकन गरिएको छ भने यसले नेपालको कला संस्कृति प्रवर्धनमा समेत टेवा पुराउने विश्वास निर्माण टिमले लिएको छ ।

ईन्द्र आरपीको लय श्रृजना रहेको उक्त गीतमा गणेश स्याङ्बाले उत्कृष्ठ संगीत संयोजन गरेका छन् । लीला विश्वकर्मा र सुस्मिता थापाको कोरियोग्राफी रहेको भिडियोमा कुसल श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको छ ।

के.के. प्रोडक्सन युकेले निर्माण गरेको भिडियोमा स्थानीयहरुले पनि नेपाली नारीहरुको परम्परागत नृत्य हेरेर रमाईंलो मानेको भिडियो मै देख्न सकिन्छ ।

लिला विश्वकर्माकै प्रस्तुति समेत रहेको भिडयो उनकै आधिकारिक नाममा रहेको युट्युव मार्फत सार्वजनिक भएको छ भने लिला विश्वकर्मा, शान्ती थापा, कुँवर मगर, मिना सुनार, प्रशुना कँडेल, सुस्मिता थापा, लिसा सुनार, सुजना सेन्चुरी, एन्जोला गौतम, रुविना शंकर, ज्योति गौतम, ज्ञानु बराईली, फूलमाया दर्नाल, बिना बि.क., रत्नादेवी विश्वकर्मा, विष्णु विश्वकर्मा, करुणा कालीकोटे, लक्ष्मी गौतम, पार्वती विश्वकर्मा, माया सेन्चुरी, सानु विश्वकर्मा र निलहरी घिमिरेले नृत्य तथा अभिनय गरेका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan