Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कमल थापालाई आए आँप गए झटारो !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २ साउन । पहिले दीपक बोहराले मन्त्री नबनाए पार्टी फुटाउने धम्की दिए, पछि श्री ३ का नाति पशुपतिशमशेर जबराले नै कमल थापाको निरंकूशता र एकलौटीपनको बिरोध गर्दै वक्तव्य निकालेपछि बल्ल बल्ल एकीकृत भएको राप्रपा फेरि तोडफोडको निकट पुगेको छ । राप्रपाका असन्तुष्टहरु त भन्छन्– माटाकै हाँडी रहेछ, कमल थापा भएसम्म जोडेर जोडिदैन ।

सवाल संविधान संशोधनमा समथर्न गर्ने कि नगर्ने ? सरकारमा जाने कि नजाने ? जाने भए राणा र थापाका कति कति जना जाने ? बिस्तारित केन्द्रीय समितिमा किन आफ्नामात्रै मान्छे मनोनित गरेको ?

कुरो यत्ति हो । तर चौथो राजनीतिक शक्ति बनिसकेको राप्रपा पुनः मुसिको भवः भएर चाउरिएको छ । पूर्वपञ्चको क्लवमा फर्किएको छ । भ्यागुताको धार्नी र राप्रपाको एकता उस्तै उस्तै हुनथालेको छ ।

कमल थापालाई उपप्रधानमन्त्री नभइ भएको छैन, दीपक बोहरा, सुनिल थापालाई मन्त्री बनाउनै पर्ने बाध्यतामा छन् पशुपतिशमशेर जबरा । मनोनित गर्न बाँकी सदस्यमा मनोनित गराइदिएर नाति जर्नेल पशुपतिको मुख टाल्न खोज्दैछन् कमल थापा ।

कमल थापाको चातुर्यता र पार्टी अध्यक्षतामा पशुपतिशमशेर हात मलेर बस्न बाध्य छन्, बिकल्प छैन उनको । उनी अर्को पार्टी खोल्ने धमास दिइरहो छन्, डा.लोहनीको जति पनि हिम्मत नभएका मानिन्छन् नाति जर्नेल पशुपति । यसकारण राप्रपा भनेको कमल थापा, कमल थापा भनेको राप्रपा भइसकेको छ ।

त्यसैले त कमल थापाका एक्काहरुले पशुपतिशमशेर जबरालाई अर्को पद्मसुन्दर लावती बनाइदिउँ भनेर धमास नै दिइसकेका छन् । पशुपति रिसाउनु, कमल थापाका लागि आए आँप गए झटारोभन्दा केही पनि होइन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan