Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाजपाका साह नवाज किन बढी बक बक ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २ साउन । बिराटनगरमै आएर भाजपाका प्रवक्ता साह नवाजले नेपालको चिन्ता गर्नु भारतको अधिकार हो भनेछन् ।

कुनै पनि नेपाली पार्टी, व्यापारी अथवा सचेतन बर्गले प्रश्न गरेनन्– भारतलाई नेपालले त्यो अधिकार कसले कहिले दिएछ ? पहिलेको राजतन्त्रले कि अहिलेको लोकतन्त्रले ?

भारतले बढी नै बक बक गर्न थाल्यो । सिक्किमको नाथुला नाका निकटको भूमि भुटानको हो भनेर चीनले भारतीय सेनालाई छाडेर नगए वार्ता हुन्न, जे पनि हुनसक्छ भनेर सातो लिइसकेको छ ।

छिमेकीलाई हस्तक्षेप गर्दा, दबाउँदा कुन हालत हुने रहेछ त्यो साह नवाजले अझै बुझ्न सकेनन् । भुटानको परराष्ट्र र सुरक्षा हातमा लिएको भारतलाई चीनले यसरी धपेटिसक्यो ।

अझै छिमेकीलाई हस्तक्षेप गर्ने भारतको बानी सुध्रेन । नेपालमाथि हस्तक्षेप गर्दै गएको छ, नेपालले ओविओरमा सही गरेको भनेर सवक सिकाउने नीति लिएको भारतका सत्तारुढ भाजपाका यी नेताले धेरै बक बक गर्दै जाने हो भने अर्को ठेस लाग्न सक्छ । भाजपालाई चेतना रहोस् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan