Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शर्मा विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौं ,२ साउन । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई भोलीका लागि तोकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा आज भएको बहसमा सरकारी वकिलको तर्फबाट महान्यायधिवत्ता रमन श्रेष्ठ, अधिवत्ता सञ्जीव रेग्मी, लगायतले शर्मालाई अनुसन्धानको लागि थुनामा राखेर अख्तियारले क्षेत्राधिकार नमिचेको एकोहोरो तर्क गरेका थिए ।

यसअघि, रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की,भिमार्जुन आचार्य, , अधिवक्ताहरु शेरबहादुर केसी, ललित बस्नेत लगायतले हिरासतमा राख्नु गैरकानुनी भएको भन्दै बहस गरेका थिए । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan