Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओम डेभलपमेन्टले ३०% हकप्रद माग्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

काठमाडौं   । ओम डेभलपमेन्ट बैंकले ३०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १०ः३ अनुपातमा १०० रुपैयाँ दरको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको हो ।

राष्ट्रियस्तरको विकास बैंकलाई आवश्यक चुक्ता पुँजी पुर्याउन ओमले हकप्रदको बाटो रोजेको हो । पुँजी वृद्धिकै लागि ओम र मनास्लु विकास बैंक एकआपसमा गाभिएर असार २ गतेदेखि एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् ।

मनास्लु गाभिएपछि ओमको चुक्ता पुँजी १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार ७९५ रुपैयाँ पुगेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan