Tuesday 25th of July | २०७४ श्रावण १० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बस दुर्घटनामा परी घाइते भएका अठार जना यात्रुहरुको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan

मकवानपुर,२ साउन ।  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० स्थित कर्राचोकमा साउन १ गते राति भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका १८ जना यात्रुहरुलाई एपीएफ टोली र नेपाल प्रहरीले उद्धार गरी उपचारार्थ अस्पतालतर्फ पठाएको छ ।

बीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ५ ख २८१२ नम्बरको यात्रुवाहक बस र विपरित दिशातर्फ जाँँदै गरेको ना. ५ ख ५७६२ नम्बरको यात्रुवाहक बस एकआपसमा ठोक्किएर सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी दुई बसमा सवार यात्रुहरु मध्ये १८ जना घाइते भएका छन् ।  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सो ठाँउमा राति करीव सवा ११ बजे उक्त दुर्घटना भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस हेटौडाबाट उद्धार कार्यका लागि  एपीएफ टोली खटिएको थियो  ।

दुर्घटनास्थलमा तत्कालै पुगेको एपीएफ टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मकवानपुर पठाएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan