Monday 25th of September | २०७४ असोज ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोरियामा नेपाली तेक्वान्दोलाई ११ स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२ साउन । दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाललले अन्तिम दिन कुल ११ स्वर्ण,६ रजत र ५ कांस्य पदक हात पारेका छन् ।

मुजुमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले फाइटतर्फ ८ स्वर्ण र पुम्सेमा तीन स्वर्ण जितेको नेपालका हेड अफ टिम कुमार लामा घिसिङले बताए । सोमबार भएको प्रतियोगितामा पुरुषको फाइटतर्फ २२ केजीमा रोहन माझी,३३ केजीमा उज्वल कटुवाल,४० केजीमा प्रतिक श्रेष्ठ,५४ केजीमा राहुल माझि,५८ केजीमा दिविहाङ लिम्बु र ६३ केजीमा रिमन महर्जनले नेपालका लागी स्वर्ण जिते ।

पुरुषको फाइटमै ४४ वर्षभन्दामाथिको ८० केजीमा प्रेम भण्डारीले रजत पदक हात पारे ।  उत्कृष्ट प्रदर्शनका बाबजुत भण्डारी फाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग ट्राई ब्रेकरमा स्तब्ध भएपछि रजत पदकमै सिमित भए । भण्डारीले पुम्सेमा पनि रजत पदक जिते ।

फाइटमै ८७ केजीमा अनिस महर्जनले रजत,३० केजीमा अविभ श्रेष्ठ र ३५ केजीमा राहुल थापामगरले कांस्य पदक जिते । महिलातर्फ फाइटको ७८ केजीमा सुमित्रा खत्रिले रजत पदक हात पारिन् ।

त्यस्तै पुरुष पुम्सेतर्फ १३ वर्षमुनि स्वरुप भण्डारी र १५ वर्षमुनि नविन श्रेष्ठले स्वर्ण पदक हात पारे । पुम्सेमै १४ वर्षमुनि प्रसुन तामाङले रजत र १२ वर्षमुनि अविभव शाक्यले कांस्य पदक हात पारे । नेपाली टोलीको हेड अफ टिम कोच समेत रहेका कुमार लामा घिसिङले ३५ वर्षमुनि कांस्य पदक जित्न सफल भए ।

कुमार र नोर्बु सम्मानित
दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाली टिमका हेड अफ टिम कोच कुमार लामा घिसिङ र प्रशिक्षक नोर्बु लामा सम्मानित भएका छन् । कुमार र नोर्बुलाई आयोजक मुजु तेक्वान्दो एसोसिएसनले सम्मानपत्रद्वारा सम्मानित ग¥यो ।

नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै मुजु तेक्वान्दोले कुमार र नोर्बुलाई सम्मान गरेको हो । कुमार काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव र नोर्बु नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हुन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan